ताल जोगाउन गण्डकी सरकारले खुलायो कार्यकारी प्रमुखको ‘भ्याकेन्सी’

पाेखरा | असार ३१, २०७९

ताल जोगाउन गण्डकी सरकारले खुलायो कार्यकारी प्रमुखको ‘भ्याकेन्सी’

पोखरा:    गण्डकी प्रदेश सरकारले ताल तथा जलाधार क्षेत्र संरक्षणको लागि कार्यकारी प्रमुखको आवेदन (भ्याकेन्सी) खुला गरेको छ ।

 

ताल संरक्षण तथा विकास प्राधिकरण ऐन, २०७५ बमोजिम स्थापित ताल संरक्षण तथा प्राधिकरणको कार्यकारी प्रमूखको छनौटको लागि रोष्टरमा नाम समावेश गराउने सम्बन्धमा आवेदन खुलाएको गण्डकी प्रदेशले सोमबार सुचना प्रकाशित गर्दै उल्लेख गरेको छ । 

 

प्रकाशित सुचनामा भनिएको छ, ‘पहिले पनि प्रमूखको छनौटको लागि आवेदन खुुलाइए पनि ऐन बमोजिमको संख्यामा रोष्टरमा नाम समावेश हुन नसकेको कारण पुण आवेदन खुलाइएको हो ।’

 

इच्छुक योग्य व्यक्तिले उम्मेद्वारमा नाम दिन सम्बन्धित विषयमा स्नात्तोकर गरी दश वर्षको अनुुभव भएको हुनुपर्ने उल्लेख गरिएको छ । आवेदन दिने व्यक्ति उमेरले ५५ ननाघेको,  नैतिक पतन तथा फौजदारी कसूरमा दोषि नठरिएको र राजनीतिक दलमा समावेश नभएको हनुुपर्नेछ । 

 

साथै व्यक्तिगत विवरण, कार्ययोजना, नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यता, अनुुभवको प्रमाणपत्रसहित वन वातावरण तथा भू–संरक्षण मन्त्रालयमा प्राप्त हुुनेगरि सूचना प्रकाशन भएको १५ दिन भित्रमा पेश गरि सक्नुपर्ने जारी सुचनामा उल्लेख गरिएको छ ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्